सुरूमा बढेकाे नेप्सेमा अन्तिममा ६ अंकको गिरावट

काठमाडौं । बुधबार कारोबार सुरु भएदेखि लगातार बढेको सेयर बजार अन्तिममा ६.८१ अंकले घटेर बन्द भएको छ । बारोबारपछि परिसूचक २४६६.९२ अंकमा आइपुगेको छ ।

खास गरी आन्दोलनमा रहेको नेकपाको प्रचण्ड–माधव समूहले आम हड्ताल गर्ने घोषणा गरेसँग बजार ओरालो लाग्न थालेको थियो । हड्तालको मनोविज्ञानले नाफा बुक गर्नेतिर लगानीकर्ता केन्द्रित भएपछि कारोबारको अन्तिममा बजार घटेको विश्लेषण गरिएको छ ।

बुधबार कारोबार रकम र कारोबार भएको सेयर संख्या दुबैमा भने उल्लेख्य वृद्धि देखिएको छ । यस दिन ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४ सय ९६ रुपैयाँमा २ सय २ कम्पनीका २ करोड २० लाख ४० हजार ५ सय १६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

बैंकिङ, जलविद्युत, लघुविद्युत र म्युचअल फण्डबाहेका अरु समूहका सूचक घटेका छन् । तर, ‘क’ वर्गका सेयरको कारोबार अध्ययन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.९२ अंकले हरियो नै देखिएको छ ।

प्रतिक्रिया