‘दलहरुले निर्वाचनको विरोध गरेजस्तो गरे पनि भित्रभित्रै तयारी गरिरहेका छन्’

  • सुमन सुस्केरा

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारले घोषणा गरेको मितिमा नै निर्वाचन हुने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री ढकालले सरकारले तोकेको मिति १७ र २७ बैशाखमै निर्वाचन हुने दाबी गरेका हुन् ।

सरकारले मिति घोषणा गरेको अवस्थामा सबै संयन्त्रहरुले काम शुरु गरेको मन्त्री ढकालको दाबी छ । राजनीति पार्टी र राजनीति आवरणमा संलग्न रहेका केही व्यक्ति र दलहरु निर्वाचनको विरोध गरेजस्तो देखिएपनि जनतामा जाने बहानाका साथ विभिन्न अभियानहरु संचालन गरेको उनको भनाइ छ । ‘बाहिर आफ्नो विरोधको कुरा देखाए पनि भित्र निर्वाचन हुन्छ भन्ने कुरामा कोही मान्छेमा पनि दुबिधा छैन’, मन्त्री ढकालले भनेका छन्, ‘निर्वाचन हुनुहुँदैन भनेर कसैले भनेको अवस्था छैन ।’

जलहरी विवाद
यसैबीच मन्त्री ढकालले प्रधानमन्त्री केपी शर्मा ओली पशुपति जाने र जलहरी लगाउने भन्ने पूर्वनिर्णय नै भएको बताए ।

प्रधानमन्त्रीको बचाऊ गर्दै प्रस्तुत भएका मन्त्री ढकालले भनेका छन्, ‘पशुपतिको जलहरीको विषय पहिलेदेखि नै उठेको थियो । आर्थिकसहितका विभिन्न कारणले गर्दा त्यसलाई पूर्णता पुर्याउन सकिएको थिएन ।’

प्रतिक्रिया