धामी बस्न हिडेका वडासदस्यको भीरबाट लडेर मृत्यु
मकालु खबर
२०७७ माघ ११ गते
खोटाङ । खोटाङको साकेला गाउँपालिका २ रतन्छामा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको छ । सोही वडाका ५७ वर्षीय वडासदस्य रत्नप्रसाद फुयलको शनिवार साँझ लडेर मृत्यु भएको हो ।
आफ्नो घरबाट साकेला २ मबुस्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेका उनी भीरबाट लडेका थिए । खहरे खोलाको भीरबाट करिब ३ सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी रतन्छालाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मृतक फुयल तत्कालिन नेकपा माओवादीबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।
मकालु खबर
२०७७ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित