प्रदेश १ बैठक : तीन मिनेट बसेर स्थगित
२०७७ माघ ७ गते

- सुमन सुस्केरा
विराटनगर । प्रदेश नं. १ को हिउँदे अधिवेशनको बैठक ३ मिनेट बसेर सकिएको छ ।
प्रदेश प्रमुखले अधिवेशन आह्वानबारे पठाएको पत्र पढेर सुनाइ बैठक स्थगित भएको हो । पत्रको वाचन सकेलगत्तै सभामुखले बैठक स्थगित भएको जानकारी दिएका थिए ।
त्यहाँ दुवै पक्षको नेकपाले एकअर्कालाई निषेध लगाउने रणनीति बनाएका थिए । तत्पश्चात् कार्यव्यवस्था परामर्श समितिले आजको बैठकमा दुवै खेमाका नेतालाई बोल्न नदिने निर्णय गरेको थियो ।
२०७७ माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित









