प्रधानमन्त्रीद्वारा जारी १६ पृष्ठ लामो सर्कुलरमा के छ ? [पूर्ण पाठ]

काठमाडौं । प्रतिनिधि सभा विघटनपछि कामचलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले १६ पृष्ठ लामो आन्तरिक सर्कुलर जारी गरेका छन् ।

प्रधानमन्त्रीले पार्टी विभाजन भएपछि गत २२ पुषमा अन्तरपार्टी निर्देशन जारी गरेका हुन् । निर्देशनमा प्रधानमन्त्रीले खासगरी प्रतिनिधि सभा विघटनपछिको अवस्थालाई समेटेका छन् ।

गत ५ पुषमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट विघटन भएको प्रतिनिधि सभाको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

नेकपाभित्रैका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा छन् भने प्रधानमन्त्री ओली पक्ष मध्यावधि निर्वाचनमै जानुपर्छ भन्ने मानसिकतामा छन् ।

यसअघि आइतबार नै ओलीले प्रतिनिधि सभा पुनर्स्थापना कुनै पनि हालतमा नहुने ठोकुवा गरेका छन् । ‘प्रतिनिधि सभा कुनै पनि हालतमा पुनर्स्थापना हुँदैन’, हिजै अन्त्य भएको राष्ट्रिय सभाको बैठकलाई स्म्बोधन गर्दै ओलीले भने, ‘प्रतिनिधि सभा फेरि ब्यूँतिन्छ भन्ने छैन ।’

सर्कुलरको पूर्ण यहाँ गर्न सकिन्छः–

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977049709″ /]

प्रतिक्रिया