जबरजस्ती करणी र बाल यौन दुर्व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडाैं । जबरजस्ती करणी र बाल याैन दुर्व्यवहार गरेकाे अभियाेगमा विभिन्न जिल्लाबाट दुई जना पक्राउ परेका छन् ।

स्याङ्जामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भिरकोट नगरपालिका-५ घर भई सोही नगरपालिका-६ एक्वार बस्ने १९ वर्षीय आशिष थापा पक्राउ परेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।

ती किशोरीलाई बिवाह गर्छु भनि ललाई फकाई विभिन्न प्रलोभनमा पारी शनिबार राति जबरजस्ती करणी प्रहरीकाे भनाइ छ । घटनाको सम्बन्धमा जिल्ला अदालत स्याङ्जाबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यस्तै काभ्रेमा ६ वर्षीया बालिकालाई बाल यौन दुर्व्यबहार गरेको अभियोगमा पाँचखाल नगरपालिका-१२ बालुवा बस्‍ने ५४ वर्षीय प्रेम लामालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले लामालाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया