यस वर्षको सेक्ष पर्यटन पत्रकारिता पुरस्कार सामाजिक काममा

- भरतराज शर्मा (गोपाल)
सुनसरी । प्रर्यटन प्रवर्द्धन तथा होटल व्यवसायकाे रुपमा काम गर्दै आएकाे सेछ ट्राभलिङ धरानले हरेक वर्ष प्रदान गर्दै आएको सेक्ष पर्यटन पत्रकारिता पुरस्कार राशि यस वर्ष सामाजिक काममा खर्चिएकाे छ ।
सेछ ट्राभलिङले पत्रकारिता पुरस्कार राशि मस्तिष्कको पक्षघात भएका धरानका सञ्चारकर्मी दिलिप रोनेहाङ राईकाे उपचारमा खर्चिएकाे हाे । आज बुधबार धरान-१० स्थित रहेको क्लिक धरान डटकमको कार्यालयमा पत्रकार सम्मेलन गर्दै ट्राभलिङकी प्रबन्ध निर्देशक एलिना मगर र धरानका मेयर तिलक राईले संयुक्त रुपमा पत्रकार राईकि श्रीमती झरना मगर राईलाई प्रदान १० हजार रूपैयाँ सहयाेग हस्तान्तरण गरेका हुन् ।
धरानमा कार्यरत सञ्चारकर्मी दिलिप रोनोहाङ राई एक महिनादेखि मस्तिष्कको पक्षघातको कारण विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिए । सेक्षले राईलाई नै सहयोग स्वरुप सो पुरस्कार राशी प्रदान गरेकोे होटेल सेक्षका सञ्चालक तथा पर्यटन कर्मी बासुदेव बरालले जानकारी दिए ।








