पेरिसडाँडामा नयाँ रणनीति बनाउँदै दाहाल–नेपाल

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपाको बैठक अहिले पेरिसडाँडामा जारी छ । दिउँसोदेखि शुरु भएको बैठकमा भावी रणनीति बन्ने बताइएको छ ।

बैठकमा अध्यक्षद्वय दाहाल र नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको सहभागिता रहेको छ ।

बैठकले संगठन, जिम्मेवारी बाँडफाँट, आन्दोलनका आगामी कार्यक्रमबारे थप रणनीतिलगायतका विषयलाई टुङ्गोमा पुर्याउने एक नेताले मकालु खबरलाई बताए । ‘बैठक पेरिसडाँडामा जारी छ । भावी रणनीतिलगायतका विषयमा छलफल हुँदैछ’, ती नेताले भनेका छन् ।

प्रतिक्रिया