‘घुमौँ सौराहा’ को नारा लगाउँदै पूर्वका विभिन्न सहरमा अन्तर्क्रिया कार्यक्रम

  • भरतराज शर्मा (गोपाल)

धरान । ‘घुमौँ सौराहा’ को नारा लगाउँदै क्षेत्रीय हाेटल संघ नेपालकाे टाेलीले पूर्वका विभिन्न सहरमा पर्यटन प्रवर्द्धनका लागि पूर्वका विभिन्न सहरमा अन्तर्क्रिया कार्यक्रम गर्ने भएकाे छ ।

नेपालको आकर्षक पर्यटकीय गन्तव्य हो सौराहा । चितवन राष्ट्रिय निकुञ्जको मध्येमा पर्ने त्यस क्षेत्रमा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू रहेका छन् । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध मानिन्छ ।

यसै प्रसिद्ध तथा पर्यटकीय गाउँ-ठाउँ लकडाउनका कारण मारमा परेका छन् । सौराहामा दैनिकजसो हुने ५० लाखको आर्थिक कारोबार समेत ठप्प भएको छ । यसै कारोबारलाई पुन: जागृत गराउने उद्देश्यले सौराहा चितवनका पर्यटन ब्यवसाय तथा होटल ब्यवसायहरुको पहलमा पर्यटकीय चहल-पहल बढाउनका निम्ति लागि परेका छन् ।

यसैबीच चितवनका पर्यटन तथा होटल ब्यवसायीहरुको एक टोलीले आज शुक्रबार सुनसरीको धरानमा पत्रकार सम्मेलन गरी छलफल गरि छलफल तथा अन्तर्क्रिया गरेका छन् । साे क्रममा अध्यक्ष भटटराईले चितवनमा लकडाउन पछि पनि पछिल्लो समय नेपालीहरूमा घुमफिर गर्ने प्रवृत्ति विस्तारै बढ्न थालेको बताए । नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि उत्कृष्ट गन्तब्य रहेको भटटराईको भनाइ छ ।

प्रतिक्रिया