ओली समूहको अर्को बैठक पुस ९ मा बस्ने, यी हुन् आजको बैठकले गरेका तीन महत्वपूर्ण निर्णय

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षकाे बालुवाटारमा बसेकाे केन्द्रीय समितिकाे बैठक सकिएकाे छ । पुस ९ गते अर्काे बैठक बस्नेगरी आज (मंगलबार) को बैठक सकिएकाे हाे ।

आज बसेको बैठकमा ओलीले अहिले रहेको केन्द्रीय समितिमा सदस्यहरु थप गरी ११ सय ९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव गरेका थिए । प्रस्ताव पारितपछि नयाँ सदस्यहरूलाई सपथ ग्रहण समेत गराइएकाे छ ।

यस्तै बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर उनको ठाउँमा प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ । बैठकले पार्टीकाे महाधिवेशनकाे मिति समेत ताेकेकाे छ । २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय भएकाे हाे ।

प्रतिक्रिया