दाहाल–नेपाल पक्षीय केन्द्रीय समितिको बैठक बबरमहलमा

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्षको केन्द्रीय समिति बैठक मंगलबार (भोलि) दिउँसो १ बजे बस्ने भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय समितिको बैठक दिउँसो १ बजे बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्ने प्रचण्ड सचिवालयले जनाएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओली पक्षले भने बिहान ९ बजेका लागि बालुवाटारमा बोलाएको छ । यसअघि गत ५ गते बसेको नेकपा स्थायी समिति बैठकले ७ गते केन्द्रीय समितिको बैठक बस्ने भनेको थियो ।

त्यसपछि ओली पक्षले दाहाल–नेपाल पक्षलाई ‘काउन्टर’ दिने गरी बिहान ९ बजेका लागि बैठक बोलाएको हो ।

प्रतिक्रिया