मानसिंह डोजोलाई ४ स्वर्ण

काठमाडौं । नेपालको मानसिंह डोजोले १३ औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पार्याे ।
मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जिते । त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा सविता तामाङले पहिलो स्थान हात पारेको मानसिंहका प्रमुख प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय जज महेश महर्जनले जनाएका छन् । महिला यु–१३ मा सविना तामाङले रजत जितिन् । मानसिंहका पाँचै खेलाडीले कुमुतेमा पदक जितेका हुन् ।
नेपालबाट प्रतिस्पर्धा गरेका अन्य खेलाडी आर्यन रन्जितले पुरुष यु–१० कुमुते मा स्वर्ण जिते । सिनियर कातामा जमनसिंह गुरुङ पहिलो भए । जमन केहि वर्षएता दक्षिण कोरियामा बस्दै आएका छन् । एसकेडियुएनका रामनारायण श्रेष्ठले कास्य, रोइता सिंहले रजत र उषा शर्माले कास्य हाँसिल गरे । तीनैले एकल कातामा प्रतिस्पर्धा गरेका थिए ।
पुरस्कार वितरण कार्यक्रम भाेलि बिहान ११ बजे युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा हुँदैछ ।








