सांसद विघटनअघि ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुअघि उनीविरुद्ध अविश्वासको प्रताव दर्ता भएको थाहा भएको छ । आइतबार बिहान १० बजे नै ओलीविरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको थाहा भएको हो ।
नेकपाका सचेतक देव गुरूङका अनुसार बिहान मन्त्रिपरिषद्ले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेसँगै नेकपा सांसदहरूले सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
स्रोतका अनुसार दर्ता नं. १ रहेको उक्त प्रस्तावमा ९० जना सांसदहरुको हस्ताक्षर हस्ताक्षरित भएको थियो । संविधानको धारा १०० को उपधारा ४ बमोजिम आफूहरूले अविश्वास प्रस्ताव दर्ता गरेको गुरुङले बताए ।
संविधातः संसदका एकचौथाइ सांसदहरुले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ता दर्ता गर्न सकिनेछ ।
यता संसद विघटन भएसँगै आगामी १७ र २७ गते आम चुनावको मिती तय गरिएको छ भने असन्तुष्ट पक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात मन्त्रीहरुले रामूहिक राजीनामा दिइसकेका छन् ।









