संवैधानिक परिषद्को निर्णय संसद पुग्यो, अख्तियारमा प्रेम राईसहित ४५ जनाको नियुक्ति सिफारिस
२०७७ पुस ५ गते

|फाइल फोटो|
काठमाडौं । प्रतिनिधि सभा विघटन भएलगत्तै संवैधानिक परिषद्को निर्णय बाहिरिएको छ ।
संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सिफारिस भएका ४५ जनाको नाम संसद सचिवालयमा पुगेको हो ।
संसदीय सुनुवाइका लागि उनीहरुको नाम पठाइएको पाइएको हो । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राईको नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा यसको सर्वोच्च अदालतबाट संवैधानिक निरुपण नभएसम्म सुनुवाइ हुँदैन । ४५ दिनभित्र सुनुवाइ नभए स्वतः नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
यसअघि ओलीले परिषद्सम्बन्धी ओलीले अध्यादेश जारी गरेका थिए । गत १ पुषमा बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई उक्त अध्यादेश फिर्ता लिन निर्देशन दिएको थियो ।
ओलीले आफूले फिर्ता लिनेनै भन्दै आएको भए पनि अहिलेसम्म उक्त अध्यादेश फिर्ता भएको छैन ।
२०७७ पुस ५ गते
प्रतिक्रिया
सम्बन्धित








