संसद विघटनको निर्णय अलोकतान्त्रिक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद विघटनको निर्णय अलोकतान्त्रिक भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाउने निर्णयर गराएका थिए । उक्त निर्णयलाई सांसद थापाले अलोकतान्त्रिक भनेका हुन् ।

संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान भएको बताउँदै सांसद थापाले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ । यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ ।’

सांसद थापाले जस्तौ अन्य नेताहरुले पनि प्रधानमन्त्रीको यो कदमलाई असंवैधानिक तथा अलोकतान्त्रिक भएको बताएका छन् ।

प्रतिक्रिया