नेपाल-बंगलादेशबीच युरीया मल ल्याउन सम्झौता
२०७७ पुस २ गते

काठमाडौं । बङ्गलादेशबाट युरीया मल ल्याउन नेपाल सरकार र बंगलादेशबीच सम्झौता भएको छ। बिहीबार नेपाल कृषि सामाग्री लिमिटेड र बंगलादेशको ‘बंगलादेश केमिकल इन्ड्रष्ट्रिज’बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
नेपाल सरकारले ३ महिना अघि नै बंगलादेशबाट युरीया मल ल्याउने निर्णय गरेको थियो । तर बिहीबारमात्र औपचारिक सम्झौता भएको हो।
सम्झौता अनुरुप बंगलादेशले अब नेपाललाई ५० हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्ने छ। नेपालले जी–टु–जी (सरकार–सरकार)बीच सम्झौतामार्फत मल आपूर्ति गर्न लागेको हो।

२०७७ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित









