नेकपा अध्यक्षद्वयलाई कमल थापाको कटाक्ष- ‘गणतन्त्रको धज्जी नउडाउनुहोस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले गणतन्त्रको धज्जी नउडाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत राजतन्त्रका पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउन अध्यक्षद्वय आग्रह गरेका हुन् ।

पछिल्ला राजनीतिक घटनाक्रमले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भीमकाय व्यक्तित्व खिया परेर धुलिसात भएको उनले लेखेका छन् । ‘हिजो हिमालय पर्वत जस्तो भीमकाय तपाईहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भइसक्यो’, अध्यक्ष थापाले लेखेका छन्, ‘कमसेकम लोकजज्जाको त ख्याल गर्नुहोस् ।’

प्रतिक्रिया