दुई महिना भित्र सम्पत्ति विवरण बुझाउन विकास समितिहरूलाई निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिना भित्र सम्पती विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् ।
आज मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरुको अन्र्तक्रिया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिँदै गुरु योजनानिर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गरेका छन् ।
मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकीकृत गर्ने योजना भएको बताउँदै महिना दिन भित्र सुझाव दिन सवैलाई आग्रह गरे । उनले विकास समितिहरुले मितब्ययिता अपनाउन साथै भेटिपाती पारदर्शिता तथा व्यवस्थित गरी लेखा परीक्षण अनिवार्य गर्न तथा बेरुजु फर्स्यौट गर्न तर्फ लाग्न दिएका हुन् ।
उनले धार्मिक तथा साँस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीयतहको समन्वय गरेर बढी भन्दा बढी फाईदा लिन समेत आग्रह गरे । मन्त्री भट्टराई धार्मिक स्थलहरुलाई नेपालको ऐतिहासिक अवस्था अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न आग्रह समेत गरे ।
अन्र्तक्रियामा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, देवघाट क्षेत्र विकास समिति चितवन, पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ, बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौ, बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्वा विकास समिति ललितपुर, बृह्तर बराह क्षेत्र विकास समिति सुनसरी, मनकामना क्षेत्र विकास समिति गोरखा, हलेसी महादेवस्थान विकास समिति, खोटाङ, बृहत्तर जनकपुर क्षेत्र विकास समिति अध्यक्ष र कार्यकारी निर्देशकहरुको सहभागिता रहेको थियो ।









