नेकपा स्थायी कमिटी बैठक शुरु, ओली पनि सहभागी

काठमाडौं । तीन घण्टा ढिलोगरी शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक अध्यक्ष एवम् प्रधानमन्त्री ओली अनुपस्थित भएपछि प्रभावित भएको थियो ।

ओली उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओलीलाई भेट्न पुनः सरकारी निवासतर्फ सोझिएका थिए ।

करिब १ घण्टापछिको बसाइपछि ओली स्थायी कमिटीमा सहभागी हुन सहमत भएका थिए ।

प्रतिक्रिया