रामचन्द्र पौडेल भन्छन् – ‘ कुत्सित नियतका साथ जारी गरिएको अध्यादेशको घोर विरोध गर्दछु ’
२०७७ मंसिर ३० गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सर्वसत्तावाद र निरंकुशतातर्फ सरकार अगाडि बढेको प्रमाण भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले यस्तो बताएका हुन् ।
संविधानको मूल मर्म विपरित संवैधानिक निकायमा आफू अनुकूल मानिस भर्ने कुत्सित मनसायले अध्यादेश जारी गरिएको पनि उनको आरोप छ ।
उनले भनेका छन्, ‘संवैधानिक परिषदको मूल मर्म विपरित संवैधानिक निकायमा आफू अनुकुलका मानिस भर्ने कुत्सित नियतका साथ संसद अधिवेशनलाई छल्नका लागि हतार हतारमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नु सर्वसत्तावाद र निरकुँशता तर्फ सरकार अगाडि बढेको थप प्रमाण हो। यस्ता कार्यको म घोर विरोध गर्दछु ।’
२०७७ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित









