प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन !

काठमाडौं । काठमाडौंमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरिएको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ओलीको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो ।

आइतबार त्रि-चन्द्र कलेजबाट नेविसंघका विद्यार्थीहरुले सिठी जुलुश प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

विद्यार्थी नेताहरुले भोलि हुने कांग्रेसको देशव्यापी प्रदर्शनलाई सहयोग गर्न आह्वानसमेत गरेका छन् । कांग्रेसले भोलि देशव्यापी सरकार विरोधी प्रदर्शनको घोषणा गरेको छ ।

यसअघि आजै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया