विशेष अदालत पुगेका बस्न्यातसँग बयान लिने काम जारी

काठमाडौं । दीप बस्न्यात विशेष अदालतमा हाजिर भएका छन् । ललिता निवास जग्गा प्रकरणका आरोपित बस्न्यात आइतबार विशेष अदालतमा हाजिर भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुखसमेत रहेका बस्न्यात कानून व्यवसायीसहित अदालतमा हाजिर भएका छन् । अहिले बयान लिने काम भइरहेको उप–रजिष्टार पुष्पराज पाण्डेयले बताए ।

बालुवाटारस्थित ललिता निवास र यसले चर्चेको सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा संलग्न भएको आरोप लागेपछि बस्न्यातसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएका थियो ।

बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया