आजको मौसम कहाँ कस्तो ? यस्तो छ पूर्वानुमान

काठमाडौं । अहिले प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागहरुमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

मंसिर २५ गते (बिहिबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ ।

राती : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ ।

मंसिर २६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदुर पश्चिम र कर्णालि प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

मंसिर २७ गते (शनिबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदुर पश्चिम र कर्णालि प्रदेशका उच्च हिमाली भूभागमा हल्का/बर्षा हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको छ ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेश तथा सुदुर पश्चिम र कर्णालि प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली र बाँकि भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भूभागमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ भने प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया