पछिल्लो कोरोना अपडेट : निधन हुनेको संख्या १६ सय नाघ्यो, नयाँ संक्रमित कति ?

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या १६ सघ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारीअनुसार थप २० संक्रमितको मृत्यु भएसँगै नेपालमा कूल मृतकको संख्या १६ सय १४ पुगेको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार १४ जना कोरोना संक्रमित फेला परेका छन् । योसँगै संक्रमितको कूल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।

हालसम्म नेपालमा १७ लाख ९० हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालको हालको सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ४८ हो भने हाल ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया