एनएमबि बैङ्क “दि बैंकर्स बैङ्क अफ दि इयर २०२०” बाट सम्मानित
२०७७ मंसिर १७ गते

काठमाडौं । एनएमबि बैङ्कलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंककोरुपमा “दि बैंकर्स बैङ्क अफ दि इयर २०२०”बाट सम्मानित गरेकाे छ । सो सम्मान बैङ्कले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो ।
बैङ्कले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न सहर तथा ग्रामीण भेगहरूमा शाखा सञ्चालन गरी १२ लाखभन्दा बढी ग्राहकहरूलाई गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले आफ्नो कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरू जस्तै नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला व्यवसायहरूमा उल्लेख्य वृद्धि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनी आफूलाई फरक मूलधारको बैंककोरुपमा स्थापना गर्न सफल भएको छ ।
२०७७ मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








