घरेलु मैदानमा अलाभेससँग हार्यो रियल म्याड्रिड
२०७७ मंसिर १४ गते

काठमाडौं । स्पेनिस ला लिगामा रियल मड्रिड अलाभेससँग पराजित भएको छ । स्टेडियो अल्फेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली मड्रिड २–१ गोल अन्तरले पराजित भएको हो ।
आल्भेजको जितमा लुकास पेरेज र जोसेलुले एक एक गोल गरे भने रियल म्याड्रिडका लागि कासेमिरोले एक गोल फर्काएका थिए । यस सिजनको ला लिगामा रियल म्याड्रिडको यो तेस्रो हार हो ।
रियलको १० खेलपछि १७ अंक रहेको छ भने लिगको चौथो स्थानमा रहेको छ । त्यस्तै आल्भेजको यो जितपछि ११ खेलमा १३ अंक भएको छ र लिगको ९औ स्थानमा रहेको छ ।
२०७७ मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








