स्थिति सामान्यीकरण हुँदै, संक्रमणमुक्त हुनेको संख्या २ लाख बढी

काठमाडौं । नेपालमा कोरोना संक्रमण कारण थप १६ जनाको निधन भएको छ । योसँगै नेपालका कोरोनाका कारण निधन हुनेको संख्या १ हजार ३ सय ३७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ हजार ४३ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज १ हजार ९ सय ८० जनामा संक्रमण देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

जसमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । यसैबीच आज काठमाडौं थप १ हजार ७ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया