एक महिनापछि वीपी प्रतिष्ठानको रुटिन ओ.टि सेवा सुरु हुँदै

धरान । एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुटिन ओ. टि. (शल्यक्रिया) सेवा सुचारु गर्ने भएको छ । प्रतिष्ठानले आइतबारदेखि रुटिन ओ.टि. सेवा सुचारु गर्ने भएको हो ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले हिजै सुचना जारी गर्दै ओटी युजर्स कमिटिले मंसिर ७ गतेदेखि रुटिन ओटी सुचारु गर्ने निर्णय गरेको बताएका छन् ।

कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रतिष्ठानले विगत एक महिनादेखि इमरजेन्सी र सेमी इमरजेन्सी अप्रेसनहरु मात्र गर्दै अन्य ओ.टि. सेवाहरु बन्द गरेको थियो ।

प्रतिष्ठानमा कार्यरत स्टाफ नर्सहरुमा ठुलो संख्यामा कोरोना संक्रमण भएपछि जनशक्ति अभाव भएकाले ओ.टि. बन्द गरीएको थियो । सहायक अस्पताल निर्देशक डा.वरालका अनुसार प्रतिष्ठानमा इमरजेन्सी र सेमी इमरजेन्सी ओटीबाहेक ७ वटा रूटिन ओटी छन् । एक महिनादेखि भने दुई वटा रुटिन ओटी मात्र सञ्चालनमा रहेको थियो ।

प्रतिष्ठानले केही समय अगाडी मात्र ७५ जना स्टाफ नर्स समेत भर्ना गरेकोले अब विस्तारै सबै प्रकारका स्वास्थ्य सेवाहरु सूचारु गर्ने योजना बनाइरहेको छ । कोरोना संक्रमणलेस्वास्थ्य सेवा प्रभावित हुँदा प्रतिष्ठानको दैनिक लाखौं घाटा ब्यहोर्नु परेको छ ।

प्रतिक्रिया