पछिल्लो कोरोना अपडेट : थप ६ जनाको निधन, संक्रमित कति थपिए ?

काठमाडौं । नेपालमा थप ६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा थप १ हजार ४ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ७ सय ९८ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो२४ घण्टामा थपिएका १ हजार ४ सय ७७ जनासहित देशभर संक्रमितको संख्या २ लाख ९ हजार ७ सय ७६ जना पुगेको छ ।

संक्रमितमध्ये १ लाख ७३ हजार ४ सय ३० जना कोरोना मुक्त भएका छन् । पछिल्लो पटक थपिएका संक्रमितमध्ये ८ सय ७ जना भने काठमाडौं उपत्यकाका रहेका छन् ।

प्रतिक्रिया