खाने हैन हिमाली च्याङ्ग्राको मासुका परिकार, खुल्यो हिमाली च्याङ्ग्रा रेष्ट्रो

काठमाडौं । भागदौडको जिवनशैलीमा स्वस्थ खानपिनको विशेष महत्व हुन्छ । हाम्रो शरीरले स्वस्थबर्धक आहारविहार प्राप्त गर्न सकेन भने विभिन्न रोगको शिकार हुने गर्दछ । राजधानीको अस्तव्यस्त जीवन शैली अपनाउनेहरुलाई स्वस्थ खाना पाउन झनै असहज भएको अवस्थामा तीन युवाहरुले स्वस्थ तथा फरक स्वाद पस्कन हिमाली च्याङ्ग्रा रेष्ट्रो सञ्चालनमा ल्याएका छन् ।

मासुका परिकार खासगरी हिमाली जडीवुटी खाएर हुर्किएका स्वस्थ च्याङ्ग्राको मासु र तीनका परिकारको स्वाद लिनेहरुलाई सामाखुसीमा रहेको हिमाली च्याङ्ग्रा रेष्ट्रो नयाँ गन्तब्य हो ।

दसैं अगाडी नै औपचारिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ सुर्य लामा (मिलन), विनोद थापा तथा क्षितिजजंग कार्कीले सञ्चालनमा ल्याएको हिमाली च्याङ्ग्रा रेष्ट्रोमा लोकल च्याङ्ग्राको मासुका विभिन्न परिकारको स्वाद लिन सकिन्छ । ‘हामी आफैं पनि विभिन्न पेशामा आबद्ध छौं, हरेक दिन बाहिर खानुपर्दा हामी आफैंले स्वस्थबद्र्धक खाना पाउन नसकेपछि किन आफैं रेष्टुरेण्ट सञ्चालनमा नल्याउने भनेर हिमाली च्याङ्ग्रा रेष्ट्रो खोलेका हौं ।’ सञ्चालक मध्येका विनोद थापाले भने ।

च्याङ्ग्रा रेष्टुरेन्ट नै किन ?

विनोद थापाका अनुसार खसीको मासु भन्दा च्याङ्ग्राका मासु अत्यन्त स्वास्थबद्र्धक हुन्छ । हिमाली जडीवुटी खाएर हुर्किएको च्याङ्ग्राको मासु बोसो रहित हुन्छ । त्यसमाथि मनाङ, मुस्ताङ तथा तिब्बतका च्याङ्ग्राहरु हिमाली जडीवुटी मात्र खाएर हुर्किएकाले उनीहरुको मासुमा बोसो कम हुने र जुनसुकै वर्ग उमेर समुहका लागि खान लाभदायक हुने गर्दछ ।

विनाेद थापा, सञ्चालक

‘सुगर प्रेसरका रोगीहरुले खसीको मासु धेरै खान सक्दैनन्, त्यसको बदलामा च्याङ्ग्राको मासु उनीहरुले खानु अत्यन्त लाभदायक हुन्छ । राजधानी बासीलाई आफ्नै घर आँगनमा लोकल हिमाली च्याङ्ग्राको स्वाद पस्कनका लागि पनि हामीले हिमाली च्याङ्ग्रा रेष्ट्रो खोलेका हौं ।’ थापाको भनाई छ ।

त्यसो त च्याङ्ग्राको मासुका यौन शक्ति बढाउने गुण पनि रहने भनिन्छ । बालक, बृद्ध तथा युवा जुनसुकै उमेर समुहका लागि च्याङ्ग्राको मासु स्वस्थकर मानिन्छ ।

शान्त तथा स्वच्छ, स्वस्थ वातावरणमा रहेको हिमाली च्याङ्ग्रा रेष्ट्रोमा च्याङ्ग्राको मासुका पारखीले च्याङ्ग्रा खाना सेट, च्याङ्ग्राको पक्कु त्योपनि परम्परागत रुपमा कसौंडीमा पकाएको, च्याङ्ग्राको भुटन, सेकुवा तथा फ्राइ आइटम पाउन सक्छन् । साथै, अर्डर बमोजिम च्याङ्ग्राको सुकुटी समेत पाइन्छ तर, त्यसको लागि भने ग्राहकले पहिले नै अर्डर गर्नुपर्छ । राजधानीमा सजिलै च्याङ्ग्रा उपलब्ध नहुने भएकाले हिमाली च्याङ्ग्रा रेष्ट्रोले मुस्ताङमा आफ्नै लागि भनेर एक जना एजेण्ट राखेको छ । जसले हप्ताको १०, १२ वटासम्म हिमाली च्याङ्ग्रा राजधानी पठाउने गर्दछ ।

‘हिमाली च्याङ्ग्रा कि तिब्बतबाट आएका लोकल हुन्छन् कि, मनाङ, मुस्ताङबाट आएका । सुर्खेत, जुम्ला, कालिकोटतिर बाट आएका च्याङ्ग्राहरु क्रस गरेर उत्पादन गरीएका हुन्छन् । हामीले लोकल स्वाद पस्कनका लागि मुस्ताङ र तिब्बतबाट मात्र च्याङ्ग्रा ल्याउने गर्दछौं ।’ थापा भन्छन् ।

च्याङ्ग्राको मासुका परिवारको स्वाद लिनेहरुले विहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म हिमाली च्याङ्ग्रा रेष्ट्रोमा गएर इच्छा अनुसारका परिकार खान सक्छन् ।

हिमाली च्याङ्ग्रा रेष्ट्रो अनौपचारिक रुपमा खुलेको एक सातामै ग्राहकको राम्रो प्रतिक्रिया पाएको छ । हिमाली च्याङ्ग्रा रेष्ट्रोमा पाउने परिकारमा अधिकांश ग्राहकले च्याङ्ग्राको मासु झोल र ग्रेभी अत्याधिक मन पराएको सञ्चालकको दावि छ । हिमाली च्याङ्ग्रा रेष्ट्रोमा स्पेशल रुपमा च्याङ्ग्राको मासुका परिकार पकाउने कुक रहेका छन् । जसले ग्राहकको चाहना अनुसार परम्परागत तथा आधुनिक दुवै तवरले परिवार तयार गर्ने गर्छन् ।  

हाँसको स्पेशल छोयला

हिमाली च्याङ्ग्रा रेष्ट्रोको अर्को विषेशता हो हाँसको स्पेशल छोयला । हाँसको छोयला पारखीहरुले यहाँ स्पेशल छोयलाको स्वाद पाउँछन् । हिमाली च्याङ्ग्रा र हाँसको छोयलाका अलावा ग्राहकले अर्डर अनुसार ममः चाउमिन तथा अन्य पेय पदार्थ समेत पाउन सक्छन् । सञ्चालकले आगामी दिनमा च्याङ्ग्रा रेष्ट्रोलाई राजधानीका विभिन्न स्थानमा समेत सञ्चालनमा ल्याउने योजना बनाएका छन् ।

दिनभरको भागदौडको जिवनबाट फुर्सद निकालेर स्वस्थबद्र्धक हिमाली च्याङ्ग्राको मासुका पारखीका लागि हिमाली च्याङ्ग्रा रेष्ट्रो उचित गन्तब्य हो ।

प्रतिक्रिया