नेप्से ४ अंकले बढ्दा ३७० करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने तीब्र उतारचढावकाबीच ४.२२ अंकले उकालो लागेर १ हजार ६ सय ५२ दशमलव ८० अंकमा पुगेको छ ।

नेप्से परिसूचकमात्रै होइन कारोबार रकम समेत आइतबारको तुलनामा सोमबार बढेर करिब ३७० करोड पुगेको छ । आज ४१ हजार ४९ कारोबारबाट १ सय ९५ कम्पनीका १० लाख ३५ हजार ३ सय १३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट ३ अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७ सय २६ रुपैयाँको कारोबार भएको हो ।

सोमबार सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेभ भएको छ । व्यापार, फाइनान्स, निर्जिवन बिमा कम्पनी, उत्पादनमूलक साथै माइक्रोफाइनान्स बढेर हरियो देखिएक छन् भने बैंकिङ, होटल, विकास बैंक, हाइड्रोपावर जीवन बिमा र म्युचुअल फण्ड घटेर राताम्मे देखिएका छन् ।

प्रतिक्रिया