उखु अझै पाएनन् बक्याैता, मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घाेषणा
मकालु खबर
२०७७ कार्तिक २३ गते
काठमाडौं । आन्दोलन गरी बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्किएका उखु किसानहरु पुनः आन्दोलनमा उत्रिने भएका छन् । उनीहरूले आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै आन्दोलन गर्ने घाेषणा गरेका हुन् ।
उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्न लागेका हुन् । मन्त्री भट्टले भने किसानको रकम दिलाउने प्रतिवद्धता जनाएका छन् ।
अघिल्लाे वर्षकाे पुसमा किसानहरूले करिब एक हप्ता काठमाडाैंमा आन्दोलन गरेका थिए । पुस १८ मा सरकार र उखु किसानबीच बुँदे सहमति भएको थियो । सहमति बमोजिम उखु किसानको बक्यौता रकम माघ ७ गतेभित्र भुक्तानी गरिसक्नुपर्ने थियो । तर अहिलेसम्म पनि भुक्तानी नपाएपछि किसानहरु पुनः आन्दोलित बनेका हुन् ।
मकालु खबर
२०७७ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित