देउसी भैलो खेल्न नपाइने गरी सुनसरी प्रशासनद्वारा निषेधाज्ञा (सूचना सहित)
मकालु खबर
२०७७ कार्तिक २३ गते
इनरुवा । मंसिर ६ गतेसम्मको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । प्रशासनले भोली सोमबारदेखि मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको जनाएको छ ।
कोरोना संक्रमणको जोखिम बढीरहेकोले प्रशासनले निषेधाज्ञा जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० वमोजिम निषेधाज्ञा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जनाए ।
मंसिर ६ गतेसम्म जिल्लाभर देउसी, भैलो खेल्नलाई पनि निषेध गरिएको छ । यस्तै, तराईमा मनाइने छठ पर्वलाई पनि सार्वजनिकरुपमा नदी, तलाउ तथा पोखरीहरुमा मनाउन प्रशासनले रोक लगाएको छ ।
हेर्नुहोस सूचना
मकालु खबर
२०७७ कार्तिक २३ गते
प्रतिक्रिया