कञ्चनपुरका स्थानीयले लखेटे भारतीय सुरक्षाकर्मीलाई, गल्ती भएको भन्दै भारतीयले मागे माफी

काठमाडौं । कञ्चनपुरमा एकलौटी रुपमा सीमा निरीक्षण गरिरहेका भारतीय सुरक्षाकर्मीलाई नेपालीले लखेटेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत सीमाको निरीक्षण गरिरहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई स्थानीय नेपालीले लखेटेका हुन् ।
बेलौरी नगरपालिका–१० का वडाध्यक्ष हरिलाल चौधरीले नेपाली पक्षसँग समन्वय नगरी एकलौटी रुपमा सीमाको निरीक्षण गरिरहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) लाई स्थानीय नेपालीले लखेटेको बताए ।
उनले भने ‘आइतबार नेपाली पक्षसँग समन्वय नै नगरी एकलौटी रुपमा सीमा स्तम्भ निरीक्षणका लागि आएका एसएसबीलाई स्थानीयले लखेटेका हुन् । बेलौरी नगरपालिका–१० स्थित नेपाल–भारत पिल्लर नं ३३ देखि ३५ का सीमा स्तम्भको एसएसबीले निरीक्षण गरिरहेको थियो । त्यो सीमा निरीक्षणमा नेपाली सुरक्षा बल पनि सयुक्त रुपमा हुनुपथ्र्यो तर नेपाली पक्षको फोन नलागेको भन्दै एक पक्ष निरीक्षण गरिरहेका भारती टोलीलाई स्थानीयले लखेटेका हुन् । अहिले भारतीय पक्षले गल्ती भएको भनेर माफी मागेका छन् ।’









