बाइडेनले जित्दा नेकपा मसाल खुशी, अमेरिकी जनतालाई दिए धन्यवाद
२०७७ कार्तिक २३ गते

काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जाे बाइडेन विजयी भएकाेप्रति नेकपा मसालले खुशी व्यक्त गरेकाे छ ।
महामन्त्री मोहनविक्रम सिंहले आइतबार यस्ताे अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्- ‘ट्रम्पले फासीवादी प्रकारको कार्यशैली अपनाएको पृष्ठभूमिमा उनको पराजय स्वागतयोग्य कुरा हो ।’
यस्तै उनले त्यस्तो फासिष्ट शासकलाई हटाउन महत्वपूर्ण भूमिका खेलेकोमा अमेरिकी जनतालाई धन्यवाद समेत दिएका छन् । अमेरिकामा जोसुकै राष्ट्रपति भएपनि त्यहाँको साम्राज्यवादी नीतिमा परिवर्तन नआउने र अमेरिकाप्रतिको आफूहरुको नीतिमा पनि परिवर्तन नहुने उनकाे भनाइ छ ।
२०७७ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








