वीपी प्रतिष्ठानमा धरानकी ६७ वर्षिया बृद्धाको मृत्यु

धरान । कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बृद्धाको मृत्यु भएको छ । हिजो साँझ ६ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा धरान–९ की ६७ वर्षिया बृद्धाको मृत्यु भएको हो ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ती बृद्धामा मधुमेह र मानसिक रोग थियो । उनलाई कार्तिक १९ गते कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

कोरोना संक्रमणको आशंकामा उनलाई १८ गते प्रतिष्ठान भर्ना गरिएको थियो । हाल कोभिड नियमानुसार शवको व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया