गाउन र कपडा नहुँदा वीपी प्रतिष्ठानमा गर्भवतीलाई भर्ना लिन बन्द !

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गर्भवतीहरुलाई भर्ना लिन बन्द गरेको छ । विभागमा शल्यक्रिया गर्न आवश्यक पर्ने सर्जन गाउन, ड्रेप लगायत कपडा उपलब्ध नभएपछि गाइनो विभागले हिजो बेलुकादेखि नै गर्भवतीहरुको भर्ना रोकेको हो ।

गाइनो विभागले नयाँ गर्भवतीलाई भर्ना नदिएपछि आज विहानदेखि नै इमरजेन्सी गाइनो पुगेका गर्भवतीहरु उपचार नपाएर फर्किएका थिए । कतिपय गर्भवतीका आफन्तले प्रतिष्ठान पुर्याएकाहरुलाई विराटनगर तथा धरानकै विजयपुर हस्पिटलमा लगेका थिए ।

प्रतिष्ठानका चिकित्सकका अनुसार प्रतिष्ठानको लण्ड्री मेसिनमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । साथै एउटा लण्ड्री मेसिन समेत विग्रिएकाले चिकित्सकलाई चाहिने गाउन तथा गर्भवती महिलालाई चाहिने कपडा अभाव भएको हो । अस्पताल प्रशासनले भने लण्ड्रीको समस्या समाधान भइसकेको बताएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशकलाई मतलब छैन
प्रतिष्ठानको स्वास्थ्य सेवा हेर्ने जिम्मा अस्पताल निर्देशकको हो तर, प्रतिष्ठानका असपताल निर्देशक डा. गौरिशंकर शाहलाई अस्पतालको स्वास्थ्य सेवा सुधार्नभन्दा कोरोना स्वास्थ्य उपकरण खरिदमा चासो बढेको एक चिकित्सकले बताए ।
प्रतिष्ठानको कोभिड अस्पताल बेहाल भइरहेको अवस्थामा अब अन्य सेवाहरु समेत लथालिंग बनाउन थालिएको छ ।

प्रतिक्रिया