प्रचण्डले बोलाएको सचिवालय बैठकमा के भयो निर्णय ?

काठमाडाैं । सत्तारूढ नेकपाकाे अनाैपचारिक सचिवालय बैठकमा कमिटीको औपचारिक बैठक राख्नका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आह्वान गर्ने निर्णय भएकाे छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाकेकाे बैठकमा सहभागी पाँच सदस्यले साे निर्णय गरेका हुन् ।
धुम्बाराहीमा बसेकाे बैठकमा प्रचण्डले सो अनौपचारिक बैठक ओलीको समेत सहमतिमा गरिएको जानकारी गराएका थिए । बैठकमा प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यहरु ईश्वर पोखरेल र रामबहादुर थापा बादल र महासचिव विष्णुप्रसाद पौडेल भने उपस्थित थिएनन् । सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिव बिष्णु पौडेल मन्त्रालयकाे व्यस्तताका कारण उपस्थित नभएकाे बताइएकाे छ ।








