सूर्यबहादुर केसीकाे ठाउँमा मोहन पाण्डे सांसद बन्ने

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनपछि रिक्त रहेको स्थानमा मोहनप्रसाद पाण्डे रहने भएका छन् । हाल महासमिति सदस्य रहेका पाण्डे संघीय सांसद बन्ने भएका हुन् ।

गत मंगलबार निधन भएका केसी खस आर्य कोटाबाट सांसद समानुपातिक सांसद बनेका थिए । निर्वाचन आयोगमा बुझाएको समानुपातीकको बन्दसूचीमा केसीपछि पाण्डेको नाम रहेकाले उनी सांसद बन्ने भएका हुन् ।

पाण्डे कालीगण्डकी गाउँपालिका, स्याङ्जाका हुन् । पहिलो संविधानसभाका सभासद समेत रहेका पाण्डे २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ स्याङ्जा–३ बाट निर्वाचित भएका थिए । २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका उनी २०४८ सालमा नेविसंघका केन्द्रीय सदस्य बनेका थिए ।

उद्योगी समेत रहेका सांसद केसीको सोमबार राति पोखरामा निधन भएको थियो । उनी मधुमेह र उच्च रक्तचापकाे दीर्घराेगी थिए । ६३ वर्षका केसीकाे मुस्ताङचोकस्थित घरमै निधन भएको हाे ।

प्रतिक्रिया