खुलामञ्चमा निः शुल्क खाना खानेलाई महानगरले पार्टी प्यालेसको व्यवस्था गर्ने

काठमाडौं । खुलामञ्चमा निः शुल्क खाना खानेलाई महानगरले पार्टी प्यालेसको व्यवस्था गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बढी भिडभाड हुने र सर्वाजनिक स्थलमा अस्वस्थ असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कामलाई व्यवस्थित गर्न र विकल्प खोज्न आग्रह गरे ।
महानगरपालिकाले सुरुदेखि नै काम गर्न सक्नेहरुलाई काम दिएको उल्लेख गर्दै नसक्नेहरुको हकमा व्यवस्थापनका लागि महानगरपालिकाले सहयोग गर्ने बताए । महानगरपालिकाले व्यवस्थापनका लागि पार्टी प्यालेस भाडामा लिएर अभियन्ताहरुलाई दिन सक्ने शाक्यले बताए ।
लकडाउन अविधिभर महानगरपालिकाले ३२ वटै वडाहरु मार्फत भोकै कोही पर्दैन भोकले कोही मर्दै भन्ने नाराका साथ खाना नपाउने, बेरोजगार, अशक्त र असहायलाई राहत वितरण र खाना खुवाउने कार्य गरेको महानगरले जनाएको छ ।
लकडाउन अवधिमा १ लाख ५० हजार बढी परिवारलाई राहत वितरण र २ लाख ५० हजार बढीलाई खाना खुवाउने काम गरेको उनले बताए ।









