पूर्वसभामुख महराकी पत्नी सीताको कोरोनाका कारण निधन
२०७७ कार्तिक १९ गते

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराकी श्रीतमी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान ६ः२५ बजे निधन भएको हो ।
१४ कार्तिकमा उनलाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिपछि हेलिकोप्टरमा दाङबाट काठमाडौं ल्याइएको थियो । उपचारकै क्रममा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार हुँदै थियो ।
सीता २०१८ साउन १३ मा रोल्पा गजुल धौले गाउँमा जन्मेकी थिइन् । महरासँग उनको २०३५ सालमा विवाह भएको थियो । उनी माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन् ।
२०७७ कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित








