भिटेनलाई पक्राउ नगर्न आदेश

काठमाडौं । उच्च अदालत, पाटनले पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न आदेश दिएको छ । अदालतले भनेको छ ‘गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण देखिदैन ।’

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरदिएको छ ।

घिसिङले प्रहरी प्रधान कार्यालय, नक्साल र साइबर ब्युरोलाई विपक्षी बनाएर उच्च अदालत, पाटनमा १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दर्ता गराएका थिए ।

प्रतिक्रिया