साउदी अरबको स्वाद रोयल बिरयानी हाउसमा 

विराटनगर । बिरयानी पारखीका लागि रोयल बिरयानी हाउस उत्कृष्ट गन्तव्यको रुपमा मानिन्छ । मुस्लिम समुदायको परम्परागत परिकारकोरुपमा रहेको बिरयानीको स्वाद पछिल्लो समय अन्य समुदायको रोजाइमा पर्न थालेको छ ।

गुणस्तरीय र स्वादिलो बिरयानीको स्वाद लिनकै लागि अमर टोलका करण लिम्बू रोयल बिरयानी हाउस आउने गरेको बताउँछन् । उनी भन्छन्,‘यहाँ घरेलु स्वाद पाउने भएकाले म अधिकांश खाजाकोरुपमा बिरयानी खान रोयल बिरयानी हाउस नै आउने गर्छु ।’

पछिल्लो समय रोयल बिरयानी हाउसले ग्राहकको रोजाई र माग अनुसार साउदी अरबमा लोकप्रिय मानिने मटन मन्दी बिरयानीको परिकार पनि बनाउने गरिएको सञ्चालक पप्पु अन्सारीले बताए ।

उनले भने,‘साउदी अरबको लोकप्रिय परिकार हो मटन मन्दी बिरयानी, यो बिरयानी त्यहाँका मानिसहरूले विशेष पर्वमा खाने गर्दछन् यहाँ पनि हामीले करिम फाउन्डेसनका मेम्बरहरुको माग अनुसार यो परिकार तयार पारेका हौँ ।’

मटन मन्दी बिरयानी परिकार नेपालमा पहिलो पटक रोयल बिरयानी हाउसले तयार पारेको अन्सारी बताउँछन् ।

उनले भने, ‘मटन मन्दी बिरयानी खसीलाई राम्रोसँग बनाउँछौँ, खसीभित्र कुखुरा, कुखुरा भित्र अण्डा हालेर तयार पारिन्छ ।’

ग्राहकको माग अनुसार मटन मन्दी बिरयानीको परिकार तयार पार्ने अन्सारीले बताए ।

प्रतिक्रिया