कैलालीमा जिप दुर्घटना, एकको मृत्यु, १४ जना घाइते
२०७७ कार्तिक १६ गते

सांकेतीक/प्रतिकात्मक तस्वीर।
कैलाली । कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
१६ यात्रु बोकेर कैलालीको डोके बजारबाट पण्डौनतर्फ जाँदै गरेको सुप प्र ०१००१ च २६२३ नम्बरको जिप आइतबार महोन्याल गाउँपालिका–४ को बास पानीमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मोहन्याल गाउँपालिका–२ का ६० वर्षीय कविराज भण्डारीको मृत्यु भएको छ ।
गम्भीर घाइते घोडाघोडी–८ का ६० वर्षीय खड्क रावललाई थप उपचारको लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ब्रेक फेल भएर जिप रोडमा करिब २ सय मिटर तल खसेको छ । अन्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
२०७७ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित









