मुख्यमन्त्री पौडेललाई काठमाडौं ल्याइयो
२०७७ कार्तिक ७ गते

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । कोरोना संक्रमणपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको हो ।
उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको प्रेस संयोजक प्रकाश दाहालले बताएका छन् ।
दाहालका अनुसार मुख्यमन्त्री पौडेलको अवस्था सामान्य छ । बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि पौडेल होम आइसोलेसनमा नै थिए । तर केही समय अगाडी मात्र मुटुको अपरेसन गरेका कारण सचेतता अपनाएको दाहालले बताए ।
‘उहाँलाई सामान्य रुघाखोकीमात्र छ, अरु लक्षण देखिएको छैन, केही समयअघि मुटुको अपरेसन गरेका कारण गंगालालमा पठाइएको हो ।’ उनले भनेका छन् ।
२०७७ कार्तिक ७ गते
प्रतिक्रिया
सम्बन्धित









