आज पनि बढ्यो शेयर बजार, १ अर्ब ६३ करोड कारोबार

काठमाडौँ । शेयर बजार लगातार ३ दिनदेखि दोहोरो अंकले बढिरहेको छ । हिजो मंगलबार १३.२२ अंकले बढेको शेयर बजार आज पनि १३.९४ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज ०.८८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १५९७.७१ अंकमा उक्लिएको छ ।

आज १ सय ९२ कम्पनीका ५५ लाख ९ हजार ४ सय ४८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १ सय ४८ रुपियाँ बराबरको कारोबार भएको छ ।

 

प्रतिक्रिया