‘जनताको ज्यान जोगाउन भ्रष्टाचार र फजुल खर्च रोके पुग्छ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार र फजुल खर्च रोके जनताको निःशुल्क उपचार गर्न सकिने बताएका छन् । पूर्वप्रधानमन्त्री डा. भट्टराईले ट्वीट गर्दै जनताको ज्यान जोगाउन अरु सबै खर्च रोके हुने धारणा राखेका हुन् ।

कोरोना संक्रमितको निःशुल्क उपचारको दायित्वबाट सरकार भाग्नु गैरजिम्मेवार चरित्रको पराकाष्ठा भएको उनको आरोप छ । सरकार दायित्वबाट भाग्दा महामारीले झन् विकराल रुप लिने उनको भनाइ छ ।

‘कोरोनापीडितको निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘यसले महामारी झन् विकराल बन्नेछ ! यो पैसाको अभावले हैन । जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ, भ्रष्टाचाररफजुलखर्च रोके पुग्छ ।’

बाबुरामले अस्पतालमा दानपत्र राख्न सुझावसमेत दिएका छन् । उनले दानपत्र राखेमा धनीले त्यही पैसा राख्ने र जनताको निःशुल्क उपचार गर्नुपर्न बताएका हुन् । ‘अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं’, बाबुरामले थप लेखेका छन्, ‘तर सबैलाई निशुल्क गरौं ।’

प्रतिक्रिया