घरेलु मैदानमा हार्‍यो पीएसजी, म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत गत सिजनको उपविजेता पेरिस सेन्ट जर्मन (पीएसजी) म्यानचेस्टर युनाइटेडसँग पराजित भएको छ । गएराती पीएसजीको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले २–१ को जित निकाल्दै सुखद सुरुवात गरेको हो ।

युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र मार्कस रासफोर्डले १-१ गोल गर्दा पीएसजीले १ गोल उपहार स्वरुप पाएको थियो । २३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले युनाइटेडलाई अग्रता दिलाएका थिए । पीएसजीका डानिलोले डिबक्स भित्र एन्थोनी मार्टियललाई लडाएपछि युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो ।

५५ औं मिनेटमा पीएसजी मार्टियलको आत्मधाती गोलको मदतमा खेलमा फर्कियो । उनले नेयमारको कर्नरलाई बचाउने प्रयास गर्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । ८७ औं मिनेटमा रासफोर्टले पउल पोग्बाको पासलाई सदुपयोग गर्दै युनाइटेडलाई पुनः अग्रता दिलाएका थिए ।

प्रतिक्रिया