अब बस चढ्दा यात्रुले फेस सिल्ड अनिवार्य लगाउनुपर्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्दै गएको अवस्थामा सार्वजनिक यातायातमा फुल सिट यात्रु राख्न दिने भएसँगै यात्रुहरुले बस चढ्दा फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ ।

यात्रुहरूकाे स्वास्थ्यलाई मध्येनजर गर्दै यातायात व्यवस्था विभागले साे निर्णय गरेकाे हाे । विभागकाे निर्णयसँगै अब हरेक यात्रुले बस चढ्दा आ–आफ्नो फेस सिल्ड गर्नुपर्ने छ । मास्क पनि अनिवार्य नै छ ।

लकडाउन खुकुलाे बनाएयता सरकारले बसमा सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्न पाउने निर्णय गरेकाे थियाे । त्यसपछि अहिले दशैं नजिकिँदै गर्दा सरकारले पुरै सिटमा यात्रु राख्न पाउने निर्णय गरिसकेकाे छ । भाडादर पनि घटाइएकाे छ ।

प्रतिक्रिया