वीपी प्रतिष्ठानमा उपचाररत संक्रमितको मृत्यु
२०७७ असोज २६ गते

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-२ का संक्रमित ८९ वर्षीय पुरुषको गएराती ११ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसार संक्रमितमा उच्च रक्तचाप रहेको थियो । असोज २३ गते कोरोना पुष्टि भई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
२०७७ असोज २६ गते
प्रतिक्रिया
सम्बन्धित









